दफा १०८
बीमकको अवस्थामा सुधार आएपछिको व्यवस्था
विशेष व्यवस्थापन समूहले नियन्त्रणमा लिइएको बीमकको अवस्थामा सुधार; आएको देखिएमा विशेष व्यवस्थापन समूहले देहाय बमोजिमको कारबाही गर्न सक्नेछ:-

(क) निलम्बन गरिएको सञ्चालक समितिको निलम्बन

फुकुवा गर्न, (ख) बीमकको व्यवस्थापन बीमकको सञ्चालक समितिलाई हस्तान्तरण गर्न,

(ग) बीमकका शेयरधनी मध्येबाट तत्कालका लागि नयाँ सञ्चालक समिति गठन गरी: छ महिनाभित्र साधारण सभा बोलाउन निर्देशन दिन,

(घ) बीमकको साधारण सभा बोलाई नयाँ सञ्चालक समिति गठन गर्न।